शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ ग्यालेक्सी ए२४ नेपाली बजारमा, यस्ता छन् विशेषता

सामसङ ग्यालेक्सी ए२४ नेपाली बजारमा, यस्ता छन् विशेषता

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं- सासमङले ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ फोरजी ( एलटीई) नेपाली बजारमा सार्वजनिक गरेको छ। अक्टा–कोर प्रोसेसर जडित फोनमा ९० हर्ज रिफ्रेस रेट र ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ।

National life

सामसङ ग्यालेक्सी ए२४ १२८ जीबी र २३६ जीबी आन्तरिक स्टोरेज र ६ जीबी आठ जीबी गरी दुई र्‍याम भेरियन्टमा रहेको छ। फोनले यसमा भएको माइक्रो एसडी कार्डमार्फत एक टीबीसम्मको बाह्य मेमोरी सपोर्ट गर्ने कम्पनीले जनाएको छ।

ग्यालेक्सी ए२४ एलटीईमा पाँच एमपी अल्ट्रावाइड र दुई एमपी म्याक्रो लेन्सहरुको सपोर्टमा ५० एमपीको प्राइमरी क्यामरा छ। यसमा १३ एमपीको सेल्फी क्यामरा लेन्स छ। छिटो चार्ज हुने टाइप सीको तारसहित फोनमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ।

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ए२४ एलटीईको मूल्य २८ हजार ९९९ रहेको छ। आठ र्‍याम र १२८ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य भने ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ।
 

प्रकाशित: May 11, 2023| 13:36 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्