शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा नेक्सन ईभी म्याक्स नेपाली बजारमा, यस्ता छन् विशेषता

टाटा नेक्सन ईभी म्याक्स नेपाली बजारमा, यस्ता छन् विशेषता

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- टाटा मोटर्सले आफ्नो विद्युतीय कारको पछिल्लो संस्करण ‘नेक्सन ईभी म्याक्स’ नेपालमा सार्वजनिक गरेको छ।

National life

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नेक्सन ईभी म्याक्स’ सार्वजनिक गरेको हो।

कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो। २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो।
कार्यक्रममा सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ एसजेबी राणा एवं टाटा मोर्टसका प्रबन्ध निर्देशक शैलेस चन्द्रले गाडीको अनावरण गरेका हुन्।

१०० किलोवाटकै मोटर रहेका कारण यो गाडीले नेपाली बजारमा आक्रामक बजार कायम राख्ने ठानिएको छ। नेक्सन ईभीमा पनि ९५ किलोवाटको मोटर रहेको थियो।

४०.५ किलोवाट आवरको ब्याट्री रहेको नेक्सन ईभी म्याक्सले ३०० देखि ३५० र बढीमा ४५३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। नेक्सन ईभीमा ३०.२ किलोवाटआवरको ब्याट्री रहेको थियो। बढीमा १२९ पीएस क्षमता रहेको नेक्सन ईभी म्याक्सको टर्क क्षमता २५० एनएमसम्म छ।

७.२ किलोवाटको फास्ट चार्जरले साढे ६ घण्टामै र ३.३ किलोवाटको चार्जरले गाडी १५ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ। डीसी फास्ट चार्जिङले भने ० देखि ८० प्रतिशत चार्ज ५६ मिनेटमै हुने कम्पनीले जनाएको छ।  
एक हजार ७४८ किलोग्राम कुल तौल रहेको नेक्सन ईभी म्याक्सको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ। गाडी हरियो–निलो, सेतो र खैरो गरी तीन रङमा उपलब्ध छ।

सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले विद्युतीय सवारीको बजारमा अग्रणी स्थान कायम राख्ने र वैश्विक दिगो यातायात पहलको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे। ग्राहकहरूको विश्वासले  नै कम्पनी यो स्थानमा पुगेको उनको भनाइ छ।

सिप्रदीका कार्यकारी अध्यक्ष राणाले १९९२ देखि नेपालमा टाटाको बिक्रि थाल्दा अहिले नेपालमा बलियो स्थान बनाएको बताए। हाल टाटाको नेपालमा ६४ प्रतिशत कमर्सियल, ५० प्रतिशत प्यासेन्जर र ७४ प्रतिशत ईभीको सेयर रहेको बताए। उनका अनुसार देशभर १९ फास्ट चार्जर रहेको छ।

टाटाका प्रबन्ध निर्देशक शैलेन्द्रले नेपालमा २०२१ को जुलाई देखि ईभी बिक्रि थालेको बताए। नेपालमा ईभीको बजार दोब्बरले बढिरहेको बताउँदै नेपालमा वातावरणमैत्री यातायात र इन्धनको आयात घट्ने विश्वास व्यक्त गरे।

नेक्सन ईभी म्याक्सले ४५७ किमी रेन्ज दिने उनले बताए। उनले नयाँ प्रविधि र ग्राहकलाई थप गुणस्तरीय सुलभ सेवा दिँदै जाने बताए। टाटाका ब्रान्ड म्यानेजर मयंकले १२४ वटा ११० किमीको दुरीमा नेपालभर एसी चार्जर रहेको बताए।

उनले नेक्सन ईभीले पहाडी भूभागमा पनि उत्कृष्टता देखाएको बताए। हाई स्पिड १४० किमी र १०० किलोवाटको मोटर रहेको उनले बताए। १९० एमएम ग्राउण्ड क्लियरेन्स रहेको उनले बताए। ९ सेकेण्डमा गाडीले १०० किमी स्पिड दिनसक्छ। गाडीमा इलेक्ट्रिक सनरुफ रहेको छ। ब्याट्रीको वारेन्टी आठ वर्ष छ।

प्रकाशित: May 10, 2023| 17:50 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्