शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफ्नो प्रशंसामा बनाइएको भिडियोप्रति देउवाको अनभिज्ञता, किन आक्रोशित भए प्रकाशशरण?

आफ्नो प्रशंसामा बनाइएको भिडियोप्रति देउवाको अनभिज्ञता, किन आक्रोशित भए प्रकाशशरण?

पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नुअघि बुधबार साँझ आफ्नो निवास बूढानीलकण्ठमा आफ्नो पक्षका नेताहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री एवम् सभापति देउवाले अनविज्ञता प्रकट गरेका हुन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रशंसामा बनाइएको भिडियोबारे अनभिज्ञता प्रकट गरेका छन्। पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नुअघि बुधबार साँझ आफ्नो निवास बूढानीलकण्ठमा आफ्नो पक्षका नेताहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री एवम् सभापति देउवाले अनविज्ञता प्रकट गरेका हुन्। 

देउवा समूहको छलफलमा सहभागी भएका एक नेताले देउवा बैठकमा महाधिवेशनका साथै सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। 'महाधिवेशन, सरकारका कामकारबाही, खोपलगायतका विषयमा आआफ्ना कुरा राख्ने काम भयो। आफ्नोबारे बनाइएको भिडियोबारे उहाँले अनभिज्ञता प्रकट गर्नुभयो,' उनले भने। 

छलफलमा महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले तथ्य तोडमोड गरेर भिडियो बनाइको र त्यसले राम्रो सन्देश नगएको बताएका थिए। तर, प्रकाशशरण महतले भिडियो राम्रो रहेको तर त्यसमा विरोध आवश्यक नरहेको बताएका थिए। 'पार्टी भित्रैबाट सामाजिक संजालमार्फत् प्रधानमन्त्रीबारे बनेको राम्रो भिडियोका विषयमा असन्तुष्टि जनाइएको छ' आक्रोशित भावमा महतले भनेका थिए। 

महामन्त्री खड्काले भने देउवा लामो समय देश र पार्टीका लागि काम गरेका व्यक्ति भएकाले भिडियो बनाइरहन आवश्यक नरहेको र राम्रो काम गरे भिडियो अरुले नै बनाइदिने धारणा राखेका थिए। 

केही दिनअघि प्रधानमन्त्री देउवाको सचिवालयले तथ्य नै तोडमोड हुने गरी देउवाको प्रशंसा गरेका भिडियो बनाएको थियो। ती भिडियोबारे प्रधानमन्त्री देउवाको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। 

प्रकाशित: Aug 11, 2021| 22:55 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...