काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। आज हिजोको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो।
आज छापावाला सुन तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो १ लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ।