बिहीबार, भदौ ४, २०८३

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

अर्घाखाँची- अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका-२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका तीन जनको मृत्यु भएको हो।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएकोमा उपचारका लागि लैजादै गर्दा उनीहरूको मृत्यु भएको स्थानीय विष्णु वेल्वासेले बताए।

आगोलागिमा परी घाइते भएका भुमिकास्थान-२ तिरतिरे गाउँका ७२ बर्षिय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको  रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं किर्तिपुर अस्पतालमा पुगेपछि मृत्यु भएको हो।

३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको अस्पतालमा उपचाररत चिकित्सकहरुले बताएका छन्।

प्रकाशित: May 10, 2023| 07:47 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्