मुम्बर्इ- चर्चित भारतीय संगीतकार अनु मल्लिकले इन्डियन आइडल १० को निर्णायक मण्डलबाट बाहिरीने भएका छन्। मल्लिकका अनुसार उनको आफ्नो काममा ध्यान र समय दिन नसकेको कारण इन्डियन आइडलको शो छाड्न लागेको बताए। उनी सन् २००४ देखि जुरीका रूपमा आबद्ध थिए।
तर, यथार्थ सोनो टिभीले नै उनलाई जुरी मेम्बरबाट हटाउन लागेको खुलासा भएको छ। श्वेता पण्डित र सोना मोहापात्रले उनीहरूमाथि भएको यौन शोषणको खुलासा गरेपछि उनलाई इन्डियन आइडलको जुरीबाट हटाइन लागेको हो।
‘मि टु मुभमेन्ट’ले बलिउडमा ठुलो तहल्का मच्चाएको छ। यसको पछिल्लो टार्गेट चर्चित संगीतकार अनु मल्लिक भएका छन्। यसकारण पनि उनलाई सोनी टिभीमा सन्चालनमा रहेको कार्यक्रम इन्डियन आइडल १० का जुरीबाट हटाउन लागेको जानकारी आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४