शनिबार, जेठ २, २०८३

प्रतितोला ३०० बढ्यो सुनको मूल्य 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको हो। 
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

National life


काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य थप ३०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको छ। 

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख  १० हजार ९०० मा कारोबार भएको थियो। यसअघि २१ वैशाखमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० पुगेको थियो।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: May 09, 2023| 11:21 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्