शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरुले अब महिनैपिच्छे ब्याजदर परिवर्तन गर्नुपर्ने 

बैंकहरुले अब महिनैपिच्छे ब्याजदर परिवर्तन गर्नुपर्ने 

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- अब बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्ने भएका छन्।

National life

प्रवाह भएको ऋण (कर्जा)मा ब्याजदर हरेक महिना परिवर्तन गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ।

पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो। ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ। यसअघि त्रैमासिक रुपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो।

यसको अर्थ अब बैंकहरुले जेठ महिनामा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नेछन्। राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्नेछ। यसअघिको व्यवस्थाअनुसार भने साउनमा मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने थियो। बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएकाले आधार दर पनि घट्दो क्रममा छ, यसले ऋणीलाई ब्याजदर महिनैपिच्छे घट्न गई राहत पुग्छ।

पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन पाइने व्यवस्था पनि गरिएको छ। जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँग सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ।

तर आधार दर बढ्दो क्रममा रहेको अवस्थामा भने महिनैपिच्छे ब्याजदर बढ्न सक्ने जोखिम पनि रहन्छ। यो व्यवस्था स्थिर ब्याजदरमा ऋण लिएकाहरुको हकमा भने लागू हुने छैन।
 

प्रकाशित: May 08, 2023| 19:45 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्