सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकद्वारा नवलपरासी (पश्चिम) मा शाखा विस्तार

एभरेष्ट बैंकद्वारा नवलपरासी (पश्चिम) मा शाखा विस्तार

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले सोमबार नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ।

उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापति केशव प्रसाद भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन्। 

उक्त उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमका प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, बर्दघाट नगरपालिका वडा नं. ४ का अध्यक्ष वेधविना तिवारी, इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक वीरेन्द्र के.सी., बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेलका साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। 
 

प्रकाशित: May 08, 2023| 17:58 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्