शनिबार, जेठ २, २०८३

यूनाइटेड र अजोड इन्स्योरेन्स मर्जर प्रस्ताव पारित

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

National life

काठमाडौं-  यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने काभिने सम्बन्धी प्रस्ताव पारित भएको छ।

यूनाइटेड इन्स्योरेन्सको आईतबार बसेको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। साधारणसभाले दुई कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड राख्नेसम्बन्धीको प्रस्ताव पनि पारित गरेको छ।

यस्तै दुई कम्पनीको मर्जर प्रयोजनका लागी मूल्याङ्कनकर्ता एसआरपाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको चलअचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन (डीडीए) तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १००:८२.५ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।
 

प्रकाशित: May 08, 2023| 17:56 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्