शनिबार, जेठ २, २०८३

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चालनमा ल्याएको छ। उच्चतम ब्याजदर र तीनवटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

National life

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमावापत एक लाख रुपैयाँ, दुर्घटना बिमावापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमावापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा पाँच पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदरसमेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागि ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्ने छ।

दैनिकरूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकले विश्वास लिएको छ।
 

प्रकाशित: May 08, 2023| 17:54 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्