सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ पे एन्ड सेभ खाता’

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ पे एन्ड सेभ खाता’

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एन्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ। 

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत रु. १०० भन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ। 

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैंकले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट  एक्सपी सेवा प्रदान गर्नेछ।

साथै, ग्राहकहरूलाई यस खाता खोली यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ।
 

प्रकाशित: May 08, 2023| 17:52 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्