शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम आयोजना गरेको छ। कम्पनीले प्रदेश १ ‘ए’ र ‘बी’अन्तर्गतका एजेन्सी लिडर्सहरूको उल्लेख्य सहभागितामा कार्यक्रम गरेको हो। 

National life

‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रसाईंले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आबद्ध बिमा अभिकर्ताहरूको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

कम्पनीका नायब महाप्रबन्धक सोनबहादुर मगरले जीवन बिमाको औचित्य र जीवन बिमा मध्यस्थकर्ताका काम–कर्तव्यबारे प्रस्ट पारेका थिए। कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’अन्तर्गतका पाँच–पाँचजना उत्कृष्ट बिमा अभिकर्तालाई सम्मान गरिएको थियो। 

अन्तर्राष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बिपी रेग्मीको प्रशिक्षण कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको कम्पनीले जनाएको छ। रेग्मीले व्यावहारिक तरिकाले व्यावसायिक वृद्धिका सूत्रहरू दिएको जनाइएको छ। बिमा मध्यस्थकर्ताको व्यावसायिक जीवनका आयामहरू र आगामी सहज एवं सफल यात्राका विषयहरू इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको कम्पनीले जनाएको छ। 
 

प्रकाशित: May 08, 2023| 17:50 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्