काठमाडौं- एभरेष्ट बैंक लिमिटेड भैरहवा शाखाले आफ्नै भवनबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार प्रारम्भ गरेको छ।
बैंकले आइतबारदेखि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ प्रहरी टोलस्थित आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो। उक्त नवनिर्मित भवनको सिद्धार्थनगर नगरपालिकाका नगर सरकार प्रमुख इश्तियाक अहमद खाँ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
उक्त कार्यक्रममा सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाका नायब निर्देशक जिवन प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय रुपन्दहीका प्रहरी निरिक्षक सुरेन्द्र पन्त, बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले एभरेष्ट बैंक यस क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र आसपासको क्षेत्रको विकासमा बैंकले महत्तवपूर्ण भूमिका खेलेको धारण व्यक्त गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफ्नै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए।
बैंकका शाखा प्रबन्घक ध्रुर्व प्रसाद आचार्यले आफनै सुबिधा सम्पन्न भवनबाट सेवा सुचारुगर्न पाउदा अत्यन्तै खुशी लागेको र गा्रहकरुले पनि हाम्रो सेवामा थप सहजता महसुस गर्ने विश्वास लिएको बताए। लुम्बिनी प्रदेशमै बैंकको यो आफ्नै दोश्रो भवन हो। यस आघि बुटवल शाखाले आफ्नै भवनबाट सेवा प्रदान गरिरहेको छ।