शनिबार, जेठ २, २०८३

नेपाल लाइफ २३औं वर्षमा

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले विभिन्न कार्यक्रम गरी २३औँ वार्षिकोत्सव मनाएको छ।

National life

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बिमा अभिकर्ता, मार्गनिर्देशन गर्ने सञ्चालक तथा पदाधिकारीका कारण कम्पनी आजको स्थानमा आइपुगेको बताए।

ग्राहकको विश्वासका कारण २२ वर्ष अवधिमा नेपालकै सर्वाधिक विश्वासिलो बिमा कम्पनीका रूपमा स्थापित भएको उनको भनाइ थियो। आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै कम्पनीले दिने सेवा थप गुणस्तरीय एवं प्रभावकारी बनाउने उनले बताए।

कम्पनीले वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम पनि गरेको छ। सो कार्यक्रमबाट ३१० पिन्ट रगत संकलन गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीको २०८० चैत मसान्तसम्ममा लगानी १ खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ रहेको छ। त्यस्तै जीवन बिमा कोष करिब १ खर्ब ५८ अर्ब रुपैयाँ सञ्चित रहेको कम्पनीले बताएको छ।

प्रकाशित: May 08, 2023| 17:28 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्