सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई नारायणी नदीमा क्रुज यात्रा

नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई नारायणी नदीमा क्रुज यात्रा

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई नारायणी नदीमा क्रुज यात्रा गराएको छ।

चैत २०७९ मा सञ्चालन गरिएको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहा भ्रमणका साथै नारायणी नदीमा क्रुज यात्रा गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब ४०० जना वरिष्ठ अभिकर्ताहरु सहभागी भएका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो। सो अवसरमा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले प्रशिक्षक मनोज भट्टराईले उत्तप्रेरणा तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए।

अधिकृत खत्रीले अभिकर्ता समूहको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको बताए।
 

प्रकाशित: May 08, 2023| 17:25 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्