शनिबार, जेठ २, २०८३

इसेवाले ल्यायो एकमा चार अफर

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्बजनिक गरेको छ।

National life

यस अफर अन्तरगत दैनिक रू एक (रू १) भन्दा कम रूपैयाँमै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यस  अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ। 

यस अफरमा सहभागी हुन दैनिक रू एक (रू १) भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ। यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ। यसैगरि आफुसहित साथीभाइलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ। इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाईलाई स्वास्थ्य तथा आइपर्ने भवितब्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो। 

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ। जहाँ ग्राहकहरू आफु, आफ्नो परिवार तथा साथीभाईलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने कम्पनीले जनाएको छ। 

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ। यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ।

यस प्याकेजमा एक लाख भन्दा बढिको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ। यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रू पाँच सय छुट, फुल बडि चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 
 

प्रकाशित: May 08, 2023| 17:22 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्