काठमाडौं– संघीय प्रतिनिधिसभामा आजदेखि प्रि–बजेटमाथि छलफल सुरु हुँदै छ। प्रतिनिधिसभा बैठकमा आजदेखि २७ वैशाखसम्म बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट)माथि छलफल कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको हो।
प्रि–बजेट छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेलाई बजे बोलाइएको छ। आज बिहान ११ देखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ वैशाखमा अर्थमन्त्री डा. रामशरण महतले जवाफ दिने कार्यक्रम छ।
बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन २४ वैशाखमा अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा आजदेखि छलफल हुन लागेको हो।
संसद्मा बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ। सरकारले १५ जेठभित्र संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रि–बजेट छलफलमा सांसदहे उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।