शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उत्पादन लागत बढ्दा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो

उत्पादन लागत बढ्दा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

नेपालमा व्यावसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ।
    
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आज काठमाडौंमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले व्यावसायिक लागत बढी हुँदा नेपालका वस्तु तथा सेवाले त्यस्तै प्रकृतिका विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको धारणा राखेका हुन्।

National life

'यहाँ उत्पादन लागत निकै छ। जसकारण नेपालले विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सक्दैन। सरकारी नीति प्रभावकारी नहुँदा उत्पादनसँग जोडिएका साना र मझौला उद्योग झनझन समस्यामा पर्दै जान थालेका छन्,' पूर्वअध्यक्ष राणाले भनिन्।

परिसंघका पूर्वअध्यक्ष शर्माले पनि नेपाली उत्पादन विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न नसकेका कारण यहाँका उत्पादन धराशायी हुँदै जान थालेको बताए। महँगो ब्याजदर, महँगो कच्चा पदार्थ तथा ढुवानी लागतलगायत कारण नेपाली वस्तुको उत्पादन लागत बढी छ ।

मुलुकको अर्थतन्त्रमा अहिले देखिएको समस्या अर्थराजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने पूर्वअध्यक्ष राणाको भनाइ छ। 'राजनीतिज्ञले पनि अर्थतन्त्रबारे सोच्नुपर्छ। अर्थराजनीतिक तवरले जान नसक्ने हो भने हाम्रा समस्या घट्न सक्दैनन्,' उनले भने। त्यस्तै नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरेर बजारीकरणमा ध्यान दिनुपर्ने राणाको भनाइ छ।

उत्पादनमूलक उद्योग र व्यापारका लागि फरकफरक ब्याजदर निर्धारण गरिनुपर्ने राणाले बताइन्। सम्मेलनमा परिसंघका पूर्वअध्यक्ष शर्माले नेपालमा सामाजिक सुरक्षाको दायित्व बढ्दै जानु चिन्ताको विषय रहेको उल्लेख गरे।

प्रकाशित: May 07, 2023| 12:44 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्