काठमाडौं- बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाह मिति सार्वजनिक गरेका छन्। उनीहरूको विवाह यही आउँदो २०१८ नोभेम्बर १४-१५ मा हुने भएको छ।
उनीहरूको विवाह इटालीको लेक कम्बोमा हुने जनाएका छन्। हालै, दीपिकाले आफ्नो ट्वीटरमा विवाहको इन्भिटेसन कार्डको तस्विर सेयर गरेकी छिन्।
विवाह निजि रूपमै परिवार, इस्टमित्र र बलिउड सेलिबे्रटीमा सिमित गरिने हल्ला पनि फैलिएको छ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले सोसल मिडियामा आफ्नो फोटोहरू र रिलेसनसिप गोल्स जस्ता विषयमा सल्लाह सुझावहरू पनि एयाक्टिभ रूपमा दिई रहेका हुन्छन्।
यस अघि उनीहरू, राम लीला र पद्मवतमासँगै देखिएका थिए।
pic.twitter.com/E0IbjQTnYI
— Deepika Padukone (@deepikapadukone) October 21, 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४