शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वायुसेवा निगम पाशुपत क्षेत्र सरसफाइमा अभियानमा सरिक

वायुसेवा निगम पाशुपत क्षेत्र सरसफाइमा अभियानमा सरिक

‘स्वच्छ पशुपति, सफा पशुपति र हराभरा पशुपति’ नारासहित सुरु गरिएको अभियानमा नेपाल वायुसेवा निगमले पनि साथ दिएको हो।
 |  शनिबार, वैशाख २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सुरु गरेको तीनमहिने पशुपति सरसफाइ अभियानअन्तर्गत पाशुपत क्षेत्र वरपर आज पनि सरसफाइ गरिएको छ।

National life

‘स्वच्छ पशुपति, सफा पशुपति र हराभरा पशुपति’ नारासहित सुरु गरिएको अभियानमा नेपाल वायुसेवा निगमले पनि साथ दिएको हो।

अभियानअन्तर्गत वायुसेवा निगमले पाशुपत क्षेत्रमा वृक्षारोपण गरेको हो। आजको वृक्षारोपण कार्यक्रममा मन्त्री किराँतीसहित निगमका कर्मचारीको उपस्थिति थियो।

अभियानमा मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारी, अभियन्ता, नागरिक समाज,  सञ्चारकर्मीलगायतको समेत सहभागिता थियो। निगमले पनि सफाइ अभियानमा निरन्तर सहभागिता जनाउँदै आएको छ।

हिन्दुहरूको आस्थाको केन्द्र पवित्र पाशुपत क्षेत्रलाई सफा, स्वच्छ र हराभरा बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित: May 06, 2023| 16:25 शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्