मंगलबार, असोज ९, २०८०

सिनेमाघरमा चार चलचित्र, जारीको व्यापार १५ करोड नाघ्यो

सिनेमाघरमा चलिरहेका ज्याकीःआई एम ट्वान्टी वान, प्रसाद २, ‘नाइँ नभन्नु ल ६ र जारी चलचित्रमध्ये तीन वटाको औसत व्यापार। बक्सअफिसमा जारीको धमाल। 
 |  शनिबार, वैशाख २३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २३, २०८०

काठमाडौं– अहिले सिनेमाघरमा चार वटा नेपाली चलचित्र प्रदर्शन भइरहेका छन्। १ वैशाखदेखि प्रदर्शन भइरहेको ‘जारी’ को व्यापार अन्य चलचित्रको तुलनामा उच्च रहेको देखिएको छ।

sagarmatha cement

चलचित्र विकास बोर्डले प्रकाशनमा ल्याउने बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले  १५ करोड बढीको व्यापार गरेको छ। शुक्रबार र शनिबार हुने व्यापारको संकेतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ।

१५ वैशाखदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’ को शो संख्या घट्नुका साथै दर्शक पनि घटेका छन्। प्रदर्शनको एक साता पार गर्दा ‘नाइँ नभन्नु ल ६’ ले २५ लाख र ‘प्रसाद २’ ले ७० लाखको व्यापार गर्न सफल भएका छन्।

उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन्। यस्तै, २१ वैशाखदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाख हाराहारी व्यापार गरेको छ। यो निकै न्यून व्यापार हो। 

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ। बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे।

‘जारीले गरिरहेको व्यापारलाई दृष्टिगत गर्दा यसको व्यावसायिक अंक अझै बढ्ने देखिन्छ। अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्ड सदस्य अधिकारीले भने।

प्रकाशित: May 06, 2023| 13:45 शनिबार, वैशाख २३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्