शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुई अर्ब ८२ करोड बराबरको नागरिक बचत पत्र निष्कासन गर्दै राष्ट्र बैंक

दुई अर्ब ८२ करोड बराबरको नागरिक बचत पत्र निष्कासन गर्दै राष्ट्र बैंक

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ। नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैंकले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो।

National life

पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्काशन हुने छ।

लगानीकर्ताले घटीमा रू १० हजार र बढीमा कुल निष्काशित रकमको सीमासम्म रू १० हजारले निशेष भाग जाने अङ्क बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिने छ।

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेभसाइटमा रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षणको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने छ।

लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सक्नेछन्। लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन दिँदा नै खुलाउनु पर्ने छ।

यदि नखुलाइएको भए राष्ट्र बैंकले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: May 05, 2023| 18:02 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्