शनिबार, जेठ २, २०८३

जेठमा हुँदै चेम्बर एक्स्पो

छैटौं संस्करणको एक्स्पोमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइनेछ।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले मुलुकको सर्वांगीण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याएको  छ। देशको समग्र विकास, निजी क्षेत्रकोे सशक्तीकरणबाट मात्र सम्भव हुने लक्ष्यसहित चेम्बरले आगामी ४ देखि ८ जेठसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा नेपाल चेम्बर एक्स्पो २०२३ आयोजना गर्ने  भएको छ।

National life

निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हुनपर्ने चेम्बरको धारणा छ।

चेम्बरले छैटौं संस्करणको एक्स्पोमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइनेछ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले  अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधि प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने चेम्बरको विश्वास छ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ। निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी लिने उद्देश्य राखेको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीले सहभागिता जनाउनेछन्। एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एन्ड फर्निसिङ, घरायसी सामग्री प्रदर्शन, फेसन वेयर, गार्मेन्ट एन्ड टेक्स्टाइल, मोबाइल एन्ड ग्याजेट्स, हाइड्रो, ह्यान्डीक्राफ्ट, छालाजुत्तालागत सामग्री प्रदर्शनीमा राखिने चेम्बरले जनाएको छ।

एक्स्पोको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनर क्लासिक टेक र व्यवस्थापन जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ। 

१५० बढी स्टल रहने मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीले सहभागिता जनाउने व्यापार मेला समिति अध्यक्ष राष्ट्रभूषण चाकुबजीले बताए।

प्रकाशित: May 05, 2023| 11:26 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्