बिहीबार, भदौ ४, २०८३

म्युजिक भिडियो 'जीवन साथी' सार्वजनिक

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- 'जीवन साथी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो विन्दवासिनी म्युजिक प्रालिको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो।

म्युजिक भिडियोमा मोडल गणेश भट्टको अभिनय रहेको छ भने उनलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्।

मित्र केसीको शब्द रचना रहेको गीतमा डा. शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ। गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ। मुकेश हुमागाईंको सिनेग्राफि रहेको गीतको निर्देशन शिवजी क्षेत्रीले गरेका छन्।

'फिल्मी गीतका रूपमा रहेको जीवन साथीको अभिनयका लागि मैले सकेको मेहेनेत गरेको छु। गीतले दर्शकको मन जित्ने विश्वास छ। यसअघिका म अभिनित सबै गीतलाई दर्शकले रुचाइदिनु भएको छ। यो गीतलाई पनि उहाँहरूले रुचाउने विश्वास लिएको छु,' भट्ट भन्छन्। 

 

प्रकाशित: May 04, 2023| 17:47 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।