काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ।
आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेजमार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा उक्त क्याम्प यही वैशाख १६ गतेदेखि १८ गतेसम्म सम्पन्न गरेको थियो। नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कुटरका ग्राहकलाई आकर्षक नया वर्ष अफर पनि प्रदान गरिएको थियो।
उक्त अफरअन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाएका थिए। क्याम्पमा ग्राहकका लागि जलपानको पनि व्यवस्था गरिएको थियो।
क्याम्पमा ८० जनाभन्दा धेरै सहभागी भएको कम्पनीले जानेको छ। फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ क्षत्रमा विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।
नेपालमा गल्फ ब्रान्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।