शनिबार, जेठ २, २०८३

राष्ट्र बैंकबाट हिमालयन बैंक सम्मानित

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ। राष्ट्र बैंकले हिमालयन बैंकलाई वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोले सम्मानित गरेको हो।

National life

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वार्षिक उत्सवको समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई सम्मान स्वरुप प्रशंसापत्र हस्तान्तरण गरेका छन्। आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन हिमालयन बैंक सफल भएकोले सम्मानित गरिएको हो।

हिमालयन बैंकले देश भरि फैलिएका आफ्नो विप्रेषण सेवा हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ।

बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको जनाएको छ।
 

प्रकाशित: May 04, 2023| 17:41 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्