सोमबार, असार २९, २०८३

​५० एमपी क्यामेरा भएको सामसङ एम-१४ नेपाली बजारमा

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- सामसङले ५० एमपी मुख्य क्यामेरा भएको एम- १४ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।

३ वटा क्यामरा रहेको यो स्मार्टफोनमा ब्याट्री क्षमता ६ हजार एमएएच छ। ५ एनएम प्रोसेसरयुक्त एम- १४ मा फाइभजी चलाउन सकिने सामसङ नेपालका बिजनेस डाइरेक्टर प्रणयरत्न स्थापितले बताए। 

उनका अनुसार यसमा सेल्फी खिच्नका लागि १३ एमपीको फ्रन्ट क्यामरा जडित छ। ब्याट्रीको क्षमता उच्च भएकाले बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्ने कम्पनीको दाबी छ। स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङलाई पनि सपोर्ट गर्दछ। ६.६ इन्चको एचडी प्लस, ९० हर्ज डिस्प्ले फोनमा उपलब्ध छ।

ग्यालेक्सी एम १४ तीन आकर्षक रंग सिल्भर, बेरी ब्लु र स्मोकी टेलमा फोन उपलब्ध छ। ६ प्लस १२८ जीबीयुक्त फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो मोडल बुधबारदेखि देशभरका सोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ।
 

प्रकाशित: May 04, 2023| 17:39 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्