बिहीबार, भदौ ४, २०८३

पाकिस्तानी विदेशमन्त्री १२ वर्षपछि भारतमा

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो गोवा पुगेका छन्। पाकिस्तान एयर फोर्सको विशेष विमानबाट उनी त्यहाँ पुगेका हुन्।

संघाइ सहयोग संगठनको बैठक (एससीओ) को विदेश मन्त्रीस्तरीय बैठकका लागि उनी भारत गएका हुन्। गोवा पुगेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले एससीओको विदेश मन्त्रीस्तरीय बैठक सफल हुनेमा आफू विश्वस्त भएको बताए।

दुई देशबीचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा वर्षौंपछि पाकिस्तानी मन्त्री भारत पुगेका हुन्। पछिल्लो पटक सन् २०११ मा पाकिस्तानकी तत्कालीन विदेशमन्त्री हिना रब्बानी खानले भारत भ्रमण गरेकी थिइन्। त्यसयता कुनै पनि पाकिस्तानी विदेशमन्त्री भारत गएका थिएनन्।

यस्तै, सन् २०१६ मा पाकिस्तानका विदेश मामिला सल्लाहकार सरताज अजिले भारत भ्रमण गरेका थिए। त्यसयता पाकिस्तानबाट कुनै पनि उच्च अधिकारी भारत गएका थिएनन्।

प्रकाशित: May 04, 2023| 16:45 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्