काठमाडौं– विगत पाँच कारोबार दिन गिरावट भइरहेको धितोपत्र बजारको सेयर कारोबार आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १२.७३ अंकले बढेर १ हजार ८६९.७३ मा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०७ अंकले बढेर ३५७.९१ अंकमा पुगेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।
विभिन्न कम्पनीका २५ लाख ३३ हजार ७१४ कित्ता सेयर ७३ करोड २६ लाख ८९ हजार ८११ मूल्यमा खरिद बिक्री भएका छन्।
आज कारोबारका आधारमा नबिल बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो। सो बैंकको संस्थापक सेयर ४ करोड ५० लाख मूल्यमा खरिद बिक्री भए।
शिवम् सिमेन्ट २ करोड २१ लाख ५५ हजार, नबिल बैंक १ करोड ९६ लाख १२ हजार ८५०, हिमाल दोलखा हाइड्रोपावर १ करोड ८४ लाख ४७ हजार ४८७ र एभरेष्ट बैंक १ करोड ६५ लाख ७० हजार ८६६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।