बिहीबार, भदौ ४, २०८३

नक्कली शरणार्थी प्रकरणबारे बोले ‌ओली

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन्।

सिंहदरबारमा आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने स्पष्ट पारे।

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन,’ उनले भने।एमालेका नेताहरू पनि यो प्रकरणमा तानिएको विषयमा सोधिएको प्रश्नमा ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दैछौं। अध्ययन गरेपछि हामी निष्कर्षसाथ अघि बढ्छौं।’ 

अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि बताएका छन्। उनले यो प्रकरणमा एमालेले छानबिनमा सहयोग गर्ने स्पष्ट पारे। ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। दोषीलाई फसाउन खोजियो भने हामी सहन्नौं,’ ओलीले भने। 

प्रहरीले हिजोमात्रै एमालेका सचिव टोपबहादुर रायामाझीलाई पक्राउ पुर्जी जारी गरेको छ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभमा रकम असुलेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको छ। 

प्रकाशित: May 04, 2023| 15:28 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्