काठमाडौं– नेपालबाट राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सरिक हुन परराष्ट्रमन्त्री एनपी साउद बेलायत उडेका छन्।
आज बिहान ११ बजेको उडानमार्फत उनी श्रीमती ज्योत्सना र स्वकीय सचिव दीपककुमार जोशीलाई सँगै लिएर बेलायत उडेका हुन्।
चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम भए पनि उनको स्वास्थ्य खराब भएपछि भारतमा स्वास्थ्योपचार गराएर केही दिनअघि स्वदेश फर्किएका छन्।
२३ वैशाखमा बेलायती राजा चाल्र्स तृतीयको बकिंघम दरबारमा विशेष कार्यक्रमसहित राज्याभिषेक गरिँदै छ। साउद राज्याभिषेकमा सहभागी भई २६ वैशाखमा स्वदेश फर्किनेछन्।