बिहीबार, भदौ ४, २०८३

८ बोरा गाँजासहित धरानबाट दुई युवक पक्राउ

धरानबाट आठ बोरा गाँजासहित सशस्त्र प्रहरीले सुनसरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

विराटनगर- धरानबाट आठ बोरा गाँजासहित सशस्त्र प्रहरीले सुनसरीले दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार राति आठ बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

धरान उपमहानगरपालिका-१३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १-०२- ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा  ८ बोरा गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोली आज बिहान राति साढे १ बजे  २ सय २७ किलो गाँजासहित ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाललाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिसहित लागूऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले  बताए।

धनकुटा क्षेत्रमा उत्पादित गाँजा चोरबाटो हुँदै भारत तस्करी हुँदै आएको छ। सशस्त्र प्रहरीले सुनसरीबाट गत फागुन १५ गते २५८ र फागुन ४ गते २८ किलो गाँजा बरामद गरेको थियो।

प्रकाशित: May 04, 2023| 12:11 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्