डडेल्धुरा- डडेल्धुरामा एकै स्थानमा दुईवटा गाडीको ब्रेक फेल भएको छ। आज बिहान डडेल्धुरा सदरमुकामस्थित कीर्तिपुरको एक ओरालोमा दुईवटा गाडीको ब्रेक फेल भएको हो।
पहिले ट्रयाक्टरको ब्रेक फेल भएकोमा सोही स्थानमा ट्रकको पनि ब्रेक फेल भएको हो। प्रहरीका अनुसार आज बिहान सु प्र प्र ०१००१ ख २७८३ नम्बरको ट्रक ओरालोमा ब्रेक फेल भएर किनारमा रहेको पिल्लरमा ठोक्किएको थियो भने त्यसअघि आजै बिहान त्यही ठाउँमा सु प्र प्र ०१००२ त ६५०७ नम्बरको ट्याक्टरको समेत ब्रेक फेल भएको थियो।
दुवै सवारी साधन सडकको बीचमा रहेकाले भीमदत्त राजमार्गमा आवागमन बन्द भएको छ। प्रहरीले सडक अवरोध हटाउने प्रयास गरिरहेको छ।