बिहीबार, भदौ ४, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही नछुटुन् : गगन

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धाननमा गृह प्रशासनको प्रयास प्रश‌ंसनीय भएको बताएका छन्। यो प्रकरणमा बहालवाला सचिवदेखि पूर्व उपप्रधानमन्त्रीसम्म पक्राउ परेपछि गगनको यस्तो प्रतिक्रिया आएको हो।

ट्विटरमा उनले भनेका छन्, 'नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा 'ठगी  गिरोहको भिआइपी जालो' उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन।'

प्रकाशित: May 04, 2023| 11:41 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्