शनिबार, जेठ २, २०८३

सुनको भाउले बनायो रेकर्ड

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

National life

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

आज सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि ०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। त्यसदिन सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: May 04, 2023| 10:56 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्