सोमबार, वैशाख ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • १३ वर्षीय बालकले गोली चलाउँदा सर्बियाको विद्यालयमा ९ जनाको मृत्यु

१३ वर्षीय बालकले गोली चलाउँदा सर्बियाको विद्यालयमा ९ जनाको मृत्यु

सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा १३ वर्षीय बालकले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा १३ वर्षीय बालकले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ। घटनामा थप ७ जना घाइते भएका छन्।

National life

ती बालकले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ। ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन्।

राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन्। बालकले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ। उनलाई प्रहरीले पक्राउ गरेको छ।

उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए। स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ।

 

kumari

प्रकाशित: May 04, 2023| 10:04 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्