बिहीबार, भदौ ४, २०८३

भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत स्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत स्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। 

दुर्घटनामापरी मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनि नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलको पछाडि बसेका सोहि स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको हो।

दुर्घटनामापरी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौंडा अस्पतालमा उपचारका क्रममा र पछाडि बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष टेक बहादुर कार्कीले जानकारी दिए। मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 04, 2023| 09:52 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्