बिहीबार, भदौ ४, २०८३

पूर्वमन्त्री टोपबहादुर रायमाझीले प्रहरीलाई छक्याए

पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीलाई चक्मा दिएर फरार भएका छन्।

अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिने योजना बनाएको थियो। उनी सम्पर्कमै पनि थिए। तर एकाएक हराए।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप लागेका रायमाझीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पाइएको छ। रायमाझीका छोरा सन्दीपलाई बुधबार नै प्रहरीले पक्राउ गरेको थियो। उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ।

यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ।

प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ।
* शीर्षक सच्याइएको

प्रकाशित: May 04, 2023| 09:44 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्