बिहीबार, भदौ ४, २०८३

करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

दाङ- दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन्।

बुधबार बेलुका ६ बजे  तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताए।  मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए।

त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका-४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन्।

उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंजस्थित नरसिंह होममा भइरहेको छ।

प्रकाशित: May 04, 2023| 08:35 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्