शुक्रबार, वैशाख २६, २०८२

रुसी राष्ट्रपति पुटिन निवासमा ड्रोन आक्रमण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आक्रमण’ भएको छ। आक्रमणलाई रुसले ‘आतंकवादी हमला’को संज्ञा दिएको छ। 
 |  बिहीबार, वैशाख २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

vianetvianet

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आक्रमण’ भएको छ। आक्रमणलाई रुसले ‘आतंकवादी हमला’को संज्ञा दिएको छ। 

triton college

रुसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने चेतावनी दिँदै रुसले युक्रेनले आफ्नो देशका राष्ट्रपतिको हत्या प्रयास गरेको आरोप लगाएको छ। 

मंगलबार राति युक्रेनी मानवरहित ‘वायुयान’ आक्रमणका समयमा राष्ट्रपति क्रेमलिनमा नभएको बताइएको छ। रुसी राष्ट्रपति कार्यलय क्रेमलिनले युक्रेनले क्रेमलिनस्थित राष्ट्रपतिको आवासमा क्षति पुर्‍याउने उद्देश्यले रातको समयमा दुईवटा ड्रोन आक्रमण भएको बताएको छ। ड्रोनहरू विद्युतीय उपकरणको प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहती वा क्षति नभएको जानकारी दिइएको छ। 

दुई ओटा ड्रोन प्रयोग गरिएको भए पनि रूसी प्रतिरक्षा प्रणालीले उक्त ड्रोन ध्वस्त बनाएको जनाएको छ। रुसले विजय दिवस मनाउन लागेको पूर्वसन्ध्यामा युक्रेनले राष्ट्रपतिको हत्या गर्ने प्रयास गरेको बताएको हो।’

युक्रेनले भने घटनामा उसको संलग्नता अस्वीकार गरेको छ। युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारी मिखाइलो पोदोलियाकले रोयटर्स समाचार एजेन्सीसँगको कुराकानीमा घटनामा आफूहरूको कुनै संलग्नता नभएको बताए। एक ट्विट गर्दै उनले घटना युक्रेनमाथि ‘आतकंवादी आक्रमण’ सञ्चालन गर्ने बहानामा रुस आफैँले घटना घटाएको आरोप लगाएका छन्।

National life insurance

प्रकाशित: May 04, 2023| 08:19 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्