शनिबार, जेठ २, २०८३

बजेटको मुखमा अर्थमन्त्रीले ल्याए नयाँ सचिव

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

National life

काठमाडौं- सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ। बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन्। 

सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ। राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्। पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत थिए। उनी ३ वर्षअघि सचिव भएका हुन्।

पोखरेलले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभागलगायत निकायमा बसेर काम गरिसकेका छन्। उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवका रुपमा काम गरेका छन्।

प्रकाशित: May 03, 2023| 20:42 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्