बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- कञ्चनपुरमा १७ वर्षीया एक किशोरी बलात्कृत भएकी छन्।

बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएसँगै घटना बाहिरिएको हो। किशोरीको उजुरीपछि ती किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित: May 03, 2023| 19:26 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्