बिहीबार, भदौ ४, २०८३

यार्सा खोज्न हिंडेका एक जनाको मृत्यु, एक बेपत्ता

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

बझाङ- बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन्।

सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

उनका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर गएका थिए। मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएका हुन्। उनको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले बताए।

प्रकाशित: May 03, 2023| 19:16 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्