काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल बिमा शुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन २२ प्रतिशतले बढी हो। यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बिमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बिमा शुल्क आर्जन गरेको थियो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बिमा शुल्क आर्जन २१ प्रतिशतले बढी हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको १ अर्ब ४० करोड चुक्ता पुँजी रहेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पुँजी १०० प्रतिशतले बढी हो। यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ सञ्चिति रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ८१ प्रतिशतले बढी हो। जीवन बिमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बिमा कोष ४३ प्रतिशतले बढी हो। कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८२ प्रतिशतले बढी हो। यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७९ प्रतिशतले बढी हो।
यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ।