बुधबार, असार १०, २०८३

कभर गीतबाट मोडलिङमा विजयको डेब्यू [भिडियोसहित]

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- व्यवसायी विजय कार्कीले कभर गीतबाट मोडलिङमा डेब्यू गरेका छन्। रेबल क्रिएशनले भारतीय पाश्र्व गायक मुकेशको पुरानो चर्चित गीत ‘कही दुर जब दिन ढलजाए’माथि निर्माण गरेको कभर गीतमा कार्कीले अभिनय गरेका हुन्। 

National life

कभर गीतमा गायिका जमुना शर्माले स्वर दिएकी छिन्। विभोर पोखरेलले निर्देशन गरेको कभर भिडियामा विजय गायिका जमुनासँगै फिचर्ड छन्। विजय चर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ का गायक श्याम कार्कीका भाई हुन्। 

कला–संगीतप्रतिको दाइको अनुरागका कारण आफू मोडलिङ तर्फबाट आकर्षित भएको विजय बताउँछन्।

‘सानैदेखि सिनेमा हेर्न र गीत सुन्न खुब रुचाउँथे,’ उनले भने, ‘त्यसमाथि घरमै दाईको संगीत रियाज। अझ शाहरुख खानको फिल्म भनेपछि हेर्नै नछुटाउने। सायद मेरो वरिपरिका यिनै परिवेश र स्वभावका कारण ममा कलाकारिताको हुटहुटी थियो। तर, व्यवसायमा लागेका कारण यता ढिलो भयो। ढिलै भएपनि आफूभित्रको अभियन रहर प्रष्फुटन गर्ने प्रयत्न गरेको छु।’

Shivam cement

प्रकाशित: May 03, 2023| 17:52 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्