आइतबार, असोज २५, २०८३

बजेट अधिवेशन २४ वैशाखदेखि

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संसद्को दुवै अधिवेशन आह्वान गरेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोहीअनुसार अधिवेशन आह्वान गरिएको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्नेछ। संसद्को हिउँदे अधिवेशन यही १५ मा अन्त्य भएको थियो।

प्रकाशित: May 03, 2023| 17:40 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्