बिहीबार, भदौ ४, २०८३

सचिव पाण्डे निलम्बनमा

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे निलम्बनमा परेका छन्। पक्राउ परेसँगै पाण्डेको निलम्बन प्रक्रिया अघि बढेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाण्डेलाई नियन्त्रणमा लिएको थियो। पाण्डेलाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पाण्डेमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। पाण्डे यसअघि गृहसचिव थिए।

मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए। यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्। यसअघि प्रहरीले यस विषयमा सागर राई, केशव दुलाल र सानु भण्डारीलाई पनि पक्राउ गरिसकेको छ। 

उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। 

प्रकाशित: May 03, 2023| 16:51 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्