काठमाडौं- सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनदलको बैठक सुरु भएको हो।
बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ।
उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ। तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ।
यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दलबीचको भागबन्डामा साटफेर हुन सक्ने बताइएको छ।