सोमबार, असार २९, २०८३

आज पनि ओरालो लाग्यो सेयर बजार

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- पछिल्ला दिनहरूमा सेयर बजार लगातार ओरालो लागेको छ। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार पाँच दिनदेखि ओरालो लागेको छ। नेप्से आज ९.१८ अंकले घटेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। यसदिन ६२ करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। यस दिन २६५ धितोपत्रको २१ लाख ५५ हजार ५८८ कित्ता खरिद–बिक्री भएको देखिएको छ।

यस दिन शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैपाँको सेयर खरिद–बिक्री भएको छ। त्यस्तै, हिमालयन डिस्टिलरीको दुई करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ। बाँकी समूहको परिसूचक भने घटेको छ। सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ। यो समूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ।

म्युचुअल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ। 

प्रकाशित: May 03, 2023| 16:15 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्